‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ? « Khabarhub

‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो। 

अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो। यसबीच, उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो। तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए।

हाल आफ्नो नयाँ फिल्म ‘अजय : द अनटोल्ड स्टोरी’ को प्रमोशनमा व्यस्त रहेका परेश रावलले न्यूज १८  सँगको अन्तर्वार्तामा ‘हेरा फेरी ३’ सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका छन्। अभिनेता परेश रावलका अनुसार, ‘फिल्ममा काम भइरहेको  र अर्को वर्ष फागुन–चैत्र (फेब्रुअरी–मार्च) बीच सुटिङ सुरु हुनेछ।’

फिल्म छाड्दा निर्देशक प्रियदर्शन र अभिनेता अक्षय कुमार दुवै असन्तुष्ट भएको चर्चा चलेको थियो। त्यतिबेला अक्षयले कानुनी कदम चालेको दाबीसमेत गरिएको थियो। तर रावलले सम्बन्धमा कुनै दरार नपरेको प्रष्ट पारे।

 उनले भने, ‘धेरै कुरा भयो तर त्यसले मेरो प्रियदर्शनसँगको सम्बन्ध बिगारेन। बरु त्यो घटनाले हाम्रो सम्बन्ध अझ मजबुत बनाएको छ। अहिले हामीबीच कुरा एकदमै स्पष्ट र पारदर्शी छ।’

जेठ महिनामा अभिनेता परेश रावलले फिल्म छाड्ने घोषणा गरेपछि निर्देशक र सह–कलाकार अचम्ममा परेका थिए। यसले प्रशंसकहरूलाई निराश तुल्याएको थियो। तर अक्षय कुमारले सार्वजनिक कार्यक्रममा समेत रावलप्रति सम्मान व्यक्त गरेका थिए। त्यसयता, रावलले एक पडकास्टमार्फत आफू फेरि फिल्ममा फर्किएको जानकारी दिएका थिए।

‘हेरा फेरी’ फ्रेन्चाइज सन् २००० देखि नै दर्शकको मनमा बसेको सफल कमेडी शृङ्खला हो। अब यसको तेस्रो भागबाट फ्यानहरूको अपेक्षा झन् बढेको छ। सबैको नजर अब सुटिङ सुरु हुने मिति र अन्ततः फिल्मको रिलिजमा टिकेको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको