‘निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी’  « Khabarhub

‘निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी’ 


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेन-जी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे। 

उनले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो ।
 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५४ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६