दशैँका लागि नागरिक सहायता कक्ष सञ्चालन « Khabarhub

दशैँका लागि नागरिक सहायता कक्ष सञ्चालन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।  

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क लगायतका विभिन्न स्थानमा ट्राफिक कार्यालयले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । 

चाडपर्वलक्षित नागरिक सहायता कक्षको बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरे  ।

कार्कीले चाडपर्वका अवसरमा यात्रा गर्ने यात्रुहरूलाई नागरिक सहायता कक्षबाट आवश्यक सेवा दिइने बताए । उनले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै नागरिकमैत्री भएर काम गर्ने उल्लेख गरे । नागरिक र युवाहरूले उठाएका जायज विषयहरूलाई आत्मसाथ गर्दै जनताको सेवामा क्रियाशील हुने उनले बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउदै अघि बढ्ने बताए  । उनले सबै क्षेत्र एकजुट भएर मुलुकलाई अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । 

चाडपर्वका समयमा यात्रुहरूलाई गन्तव्यमा पुराउनका लागि यातायात व्यवसायी नागरिकमुखी भएर लाग्ने उनले बताए । 

नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरूमाथि निगरानी राख्ने, यात्रुका समस्याहरू सुन्ने तथा समाधान गर्ने लगायतका काम नागरिक सहायता कक्षबाट हुने ट्राफिक कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ४ : ४९ बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका