लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता « Khabarhub

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा डुङ्गा पल्टिँदा ६१ जना अनियमित आप्रवासी बेपत्ता भएको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा, युएनएचसिआरले यो घटनाबाट गहिरो दुःख व्यक्त गर्दै भनेको छ, ‘टोब्रुकमा यो दोस्रो दुखद डुङ्गा दुर्घटना हो, जहाँ ७४ जना यात्रु बोकेको जहाज डुब्यो । १३ जना मात्र बाँच्न सके र दर्जनौँ अझै बेपत्ता छन् ।’

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) का अनुसार गत आइतबार टोब्रुकमै अर्को डुङ्गा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो ।

लिबियाका तटहरू, विशेषगरी गर्मी महिनामा, अनियमित आप्रवासी बोकेका डुङ्गा डुब्ने घटना बारम्बार हुने गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ०७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै