चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई « Khabarhub

चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान अन्तरिम सरकारलाई समर्थन गरिसकेको अवस्थामा ठूला शक्ति राष्ट्र चीन र अमेरिकाका नेपालस्थित राजदूतले बिहीबार एकैदिन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।

गत भदौ २७ गते शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा पनि सहभागी नभएका दुवै देशका राजदूत बिहीबार केही घण्टाको बीचमा सिंहदरबार छिरेर कार्कीलाई बधाई दिएका हुन् ।

बिहीबार दिउँसो सुरूमा चिनियाँ राजदूत  भेट्न पाउँदा ठूलो खुशी लागेको बताएका छन् । ‘उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो’, राजदूत सोङले भनेका छन्, ‘दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ।’

तर भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चिनियाँ प्रधामन्त्री ली छ्याङ र राष्ट्रपति सी चिनफिङले अहिलेसम्म औ‍पचारिक रुपमा बधाई दिएका छैनन् ।

त्यसपछि कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनीहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर‍्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास जनाइन्।

उक्त अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ५ : ३७ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम