जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू) « Khabarhub

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग जलाइएको परिणाम अब तपाईं हाम्रै दु:खका दिन सुरू हुने पक्का भएको छ ।

जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी गरिँदा अत्यन्त संवेदनशील सर्भर कम्प्युटर उपकरण लुटिएको थियो ।

एकातिर सर्भरको कम्प्युटर लुटपाट र अर्कातिर सबै प्रणालीमा गरिएको आगजनीका कारण सञ्चालन भइरहेका अनलाइन सेवाहरू ठप्प भएका छन् ।

विभागमा रहेको सवारी चालक अनुमति पत्र छपाइ मेशिनसमेत जलेकाले अब सर्वसाधारणले कुन तहको दुख पाउँछन् भन्ने हिसाब छैन । अर्कातिर नागरिक एपमा रहेको चालक अनुमति पत्रको विवरण नै गायब भएको छ।

विभाग जलेपछि देशभरका यातायात कार्यालयबाट हने सबै काम रोकिएका छन् । यातायात कार्यालय अन्तर्गतका परीक्षासमेत रोकिएका छन् । यातायात विभागको अनलाइन प्रणाली अहिले आंशिक चले पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्नेछ ।

उता सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र ट्राफिक कार्यालयमा राखिएका चालकको ब्लुबुक तथा लाइसेन्स पनि जलेका छन् । अब सवारीधनीले जलेका सवारीसाधनको क्षतिपूर्ति कसरी प्राप्त गर्छन् ? ब्लुबुक र लाइसेन्स फेरि कसरी लेलान् ? अन्योलको अवस्था छ ।

कानुनमा सवारीसाधनको इन्जिन र चेसिस नम्बरको आधारमा लगत कट्टा गर्न सकिने व्यवस्था छ । त्यो पनि सम्भव नभए स्थानीय तहका आधारमा प्रहरीले सिफारिस गरे लागत कट्टा गरी त्यसकै आधारमा सवारीधनीले बिमा प्रक्रिया अघि बढाउन सक्ने भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ५८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको