‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’ « Khabarhub

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताएका छन् । 

आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उनीहरुले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गरेका छन् ।

निवेदकहरूमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टिकाराम भट्टई, कनकमणी दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद बन्त सुशीला प्याकुरेललगायत थिए। 

त्यस्तै, उनीहरूले सुशासनसँगै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जने-नी पुस्ताको आन्दोलन र मागप्रति आफूहरूको समर्थन रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ३७ बजे

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण