बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ ।

उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनापछि फरार भएका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित दुई वटा पसलमा आगलागी भएको छ । उक्त आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : २१ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,