बसको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ ।

उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनापछि फरार भएका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित दुई वटा पसलमा आगलागी भएको छ । उक्त आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : २१ बजे

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा