साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो ।

कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ।

नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह ‘ए’ मा बंगलादेशसँग अंक बराबरी भए पनि नेपालले दुई खेल सकाइसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ।

बंगलादेशका लागि खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले पहिलो गोल गरे। दोस्रो हाफमा बंगलादेशले थप तीन गोल थप्यो । उसका लागि ४९औं मिनेटमा अपु रहेमान, ५०औं मिनेटमा मो आरिफ र ६६औं मिनेटमा मो मानिकले गोल गरे ।

अब नेपालको सेमिफाइनल यात्रा बंगलादेश–श्रीलंका खेलको नतिजा पर्खनु पर्नेछ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ९ : ४५ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा