पाकिस्तानी हवाई आक्रमणमा ३ अफगान क्रिकेटरको मृत्यु, सीमाक्षेत्रमा फेरि तनाव « Khabarhub

पाकिस्तानी हवाई आक्रमणमा ३ अफगान क्रिकेटरको मृत्यु, सीमाक्षेत्रमा फेरि तनाव


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अफगानिस्तानको पक्टिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा तीन जना क्लबस्तरीय अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ । यो आक्रमणमा चार जना घाइते भएका छन् ।

अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) ले घटनाको पुष्टि गर्दै यसलाई देशको स्थानीय क्रिकेट समुदायका लागि विनाशकारी क्षति भनेका छन्।

अधिकारीका अनुसार खेलाडीहरू शराना, प्रान्तीय राजधानीमा भएको स्थानीय प्रतियोगिता खेलिसकेपछि अर्गुन जिल्ला फर्किएका थिए। उनीहरू रातको भोजमा सहभागी भइरहेका बेला पाकिस्तानी सेनाले बम आक्रमण गरेको बताइन्छ । मृतक खेलाडीहरूलाई अफगान क्रिकेटको आत्मा बोकेका युवा प्रतिभा भनेर वर्णन गरिएको छ ।

अफगान फास्ट बलर फजलहक फारुकीले ‘एक्स’ मा लेख्दै आक्रमणको कडा निन्दा गरेका छन्।

उनले भनेका छन्, ‘नागरिक र हाम्रा घरेलु क्रिकेट खेलाडीहरूको सामूहिक हत्या अत्यन्तै जघन्य र क्षम्य नहुने अपराध हो । अल्लाहले शहीदहरूलाई उच्च स्थान प्रदान गरून् । खेलाडी र नागरिकहरूको हत्या गौरव होइन, यो गम्भीर कलङ्क हो । अफगानिस्तान जिउँदो रहोस् ।’

यस घटनापछि अफगानिस्तानभर रोष फैलिएको छ । धेरैले यसलाई न केवल नागरिकमाथिको आक्रमण, तर देशको खेल भावना माथिको आघातका रूपमा लिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अफगानिस्तान–पाकिस्तान तनावलाई पाकिस्तानको युद्ध भनेपछि दुवै देशबीचको सम्बन्ध बिग्रेको बेला यो घटना भएको हो ।

काबुल सरकारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । तर यो आक्रमणले पूर्वी अफगानिस्तानमा जारी सीमापार युद्धको झल्को दिएको छ ।

हवाई आक्रमणले ४८ घण्टे युद्धविराम तोड्यो
टोला न्युजका अनुसार हवाई आक्रमणको क्रममा कम्तीमा ६ जना अन्य नागरिक मारिएका छन् । जसमा दुई बालबालिका पनि थिए, घटनाामा सात जना घाइते भएका छन्। घाइतेमध्ये ६ महिला र एक बालक छन्।

पाकिस्तानी सेनाले अर्गुन र बर्मल जिल्लामा आवासीय क्षेत्रमा दुई चरणमा बम वर्षा गरेको बताइन्छ। दोस्रो आक्रमण पहिलो बमबारीपछि केही मिनेटमै गरिएको थियो। थप क्षतिको विवरण सङ्कलन भइरहेको छ।

यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीच भएको ४८ घण्टे युद्धविरामको उल्लङ्घनका रूपमा आएको हो। उक्त युद्धविराम दुवै देशबीच बढ्दो भिडन्तपछि सहमतिको आधारमा गरिएको थियो।

दोहामा तनाव कम गर्ने वार्ता तयारी
टोला न्युजका अनुसार पाकिस्तानले कतारको दोहा वार्ता नसकिएसम्म अस्थायी युद्धविराम लम्ब्याउन आग्रह गरेको छ। यस वार्ताको उद्देश्य सीमामा भइरहेको हिंसा रोक्ने र तनाव कम गर्ने रहेको बताइएको छ।

दुवै देशबीचको वार्ता शनिबार सुरु हुने बताएको छ । अफगान पक्षको टोली रक्षा मन्त्री मावलवी मोहम्मद याकुब मुजाहिदको नेतृत्वमा दोहा प्रस्थान गर्ने तयारीमा छ । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ र सेनाप्रमुख आसिम मुनीर नेतृत्वको टोली पहिले नै दोहामा पुगेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तान र अफगान तालिबान सरकारबीच आपसी सहमतिमा आज साँझ ६ बजेदेखि आगामी ४८ घण्टासम्म अस्थायी युद्धविराम लागू हुने निर्णय गरिएको छ।’

तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले पनि भनेका छन्, ‘जबसम्म कुनै आक्रमण हुँदैन, अफगान सेनालाई युद्धविराम पालनाको आदेश दिइएको छ।’

ट्रम्पको टिप्पणीपछि तनाव बढ्दो
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अफगानिस्तान–पाकिस्तान सिमानामा भइरहेको भिडन्तलाई पाकिस्तानको युद्ध भन्दै यस्तो आक्रामक कार्यले क्षेत्रीय स्थायित्वलाई थप कमजोर बनाउने चेतावनी दिएका थिए।

यी हवाई आक्रमण र खेलाडीहरूको मृत्युले सैन्य तनावसँगै मानवीय संवेदनशीलता र खेल भावना दुवैमा ठूलो आघात पुर्‍याएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ११ : ५९ बजे

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित