धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह « Khabarhub

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ ।

धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न गराउन आग्रह गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ न्यूनतम समर्थन मूल्य तोकेको कार्यालयको सूचनामा उल्लेख छ ।

सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य पाउन सकेका छैनन् । कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेका कारण किसानले उचित मूल्य नपाइरहेको बताए । उनले भने, “धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दा बढी मूल्य दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।”

यहाँका किसानको मुख्य आम्दानी स्रोत धानबाली हो । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : ३९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष