भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ।

उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ। प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो आन्दोलन नरोकिने घोषणासहित मेची-महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए ।

तर अन्तरिम सरकारले प्रसाईंका कारण भड्किन सक्ने सम्भावित हिंसा र असुरक्षाको अवस्था आउन नदिन उनलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंंमा शक्ति प्रदर्शन गर्ने भनिएको थियो ।

फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत प्रसाईंंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आग्रह गरिरहेका थिए ।

प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै डेढ लाख बढी मानिस काठमाडौंमा उतार्ने बताएका थिए । यनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित आन्दोलन गरिरहेका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा लगेर अभियान थालेका उनले हिन्दु राष्ट्रको पक्ष र सङ्घीयताको विपक्षमा बोल्दै आएका थिए । उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै केही व्यापारिक घराना र नेतामाथि जथाभावी टिप्पणी गर्ने गरेका थिए । पछिल्लो समयमा त अहिलेको सरकारलाई विदेशीको एजेन्ट भन्दै ढालिदिने चेतावनी दिइरहेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ३७ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको