प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू) « Khabarhub

प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि समर्थकहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गरेका छन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने निर्णय भएसँगै समर्थकले प्रशासन घेराउ गरेका हुन् ।

उनलाई जिल्ला प्रहरी परिसरले सरकारी वकिलको कार्यालयमार्फत् बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराउँदैछ । प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर लगाइसकेको छ ।

प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरको थिमीस्थत निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

समाज भड्काउने गरी दिएको अभिव्यक्तिले हिंसा भड्किन सक्ने आँकलनपछि प्रहरीले मध्यराति भर‍्‍‍याङ लगाएर घरभित्र छिर्दै समातेको हो ।

उनले यही मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन् । प्रसाईंले एनपीएल क्रिकेट, राजमार्गसहितका क्षेत्र ठप्प पार्ने घोषणा गरेका थिए ।

एनपीएल क्रिकेट प्रतियोगिता रोक्ने चेतावनी दिएपछि सरकार र सुरक्षा अधिकारीहरू गम्भीर भए उनलाई समातेका हुन् । सुरक्षा परिषद्को बैठकमा कुरै भएर उनीमाथि प्रहरीले धरपकड गरेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : १८ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली