विष्णु पौडेल भन्छन् : जेन-जी आन्दोलनलाई सिरानी हालेर देशमा प्रतिगमन भयो « Khabarhub

विष्णु पौडेल भन्छन् : जेन-जी आन्दोलनलाई सिरानी हालेर देशमा प्रतिगमन भयो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष उहाँ विष्णु पौडेलले भदौ २३ र २४ का घटना नियोजित रूपमा गराएर देश प्रतिगमनको गम्भीर चक्रमा फसिरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दुई दिनका घटनालाई ‘सिरानी हालेर’ अघि बढाइएको राजनीतिक हस्तक्षेपले अस्थिरता, संवैधानिक विपथन र सत्ता कब्जाको प्रयोजन स्पष्ट पारेको बताए।

‘भदौ २३ र २४ को घटनालाई सिरानी हालेर देशमा प्रतिगमन भएको छ, भदौ २३ र २४ का घटनाबाट संविधानमाथि प्रत्यक्ष आक्रमण भयो, संविधानलाई नै घाइते बनाइयो’, उनले भने, ‘यस्तो प्रतिक्रियावादी गतिविधिलाई सामान्य ठान्न मिल्दैन, देशलाई प्रतिगमनतर्फ धकेलिएको छ र यसका विरुद्ध दृढतापूर्वक उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो।’

पौडेलले एमालेले उठाइरहेको प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि यही प्रतिगमनविरुद्धको सङ्घर्षसँग जोडिएको स्पष्ट पारे । संविधानविपरीत गरिएको कदमलाई वैधता दिन खोज्ने प्रयास सफल हुन नदिन जनतामाझ गएर दललाई सुदृढ बनाउनु पर्ने उनले बताए ।

उनले एमालेविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहे पनि त्यो कुनै नयाँ कुरा नहुने उल्लेख गर्दै, ‘एमालेले आफ्ना सिद्धान्त, कार्यदिशा र जनताप्रतिको उत्तरदायित्वका आधारमा यी सबै चुनौती चिर्दै अघि बढ्न सक्छ र अवश्य नै अघि बढ्छ,’ भने ।

राजनीतिमा देखिएका पछिल्ला उथलपुथलका प्रसङ्ग समेट्दै उनले अहिले एमालेले सुरु गरेको आन्दोलनलाई देशको स्वाभिमान रक्षा गर्ने अभियानका रूपमा व्याख्या गरे ।

नेता पौडेलले वर्तमान राजनीतिक अवस्था सामान्य देखिए पनि भित्री रूपमा गम्भीर सङ्कट लुकेको बताउँदै देशलाई संवैधानिक व्यवस्था बाहिर धकेल्ने कुनै पनि प्रयोजनलाई रोक्नु ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे । उनले दलभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशासहित आन्दोलनलाई बलियो बनाउँदै जाने उल्लेख गरे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ५५ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान