घनश्याम भुसालको मूल्यांकन : प्रचण्डले ‘कचिङ्गलको कचहरी’ बनाए, ओलीले एमालेलाई उठ्नै नसक्ने बनाउँदै छन् « Khabarhub

घनश्याम भुसालको मूल्यांकन : प्रचण्डले ‘कचिङ्गलको कचहरी’ बनाए, ओलीले एमालेलाई उठ्नै नसक्ने बनाउँदै छन्


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयको विरोधमा उभिएका महासचिव घनश्याम भुसाल अहिले पार्टी पुननिर्माण अभियानमा लागिरहेका छन्।

माधव नेपाल र झलनाथ खनाल प्रचण्डसँग मिलेर नयाँ नेकपा–मुख्यधारमा लागेपछि भुसालले एकीकृत समाजवादीको संयोजकको जिम्मेवारी सम्हाल्दै छुट्टै राजनीतिक यात्राको सुरुवात गरेका हुन्।

आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्ष्य गर्दै भुसालले आफ्नो नेतृत्वमा नेकपा वामपन्थी केन्द्र (नेकपा वाके) नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराएका छन्।

दल दर्ता प्रक्रियासँगै उनले मंगलबार सामाजिक सञ्जालमार्फत लामो राजनीतिक सन्देश सार्वजनिक गरी वर्तमान वाम गठबन्धनको नेतृत्व र दिशा–दिशाबारे कठोर टिप्पणी गरेका छन्।

ओली, प्रचण्डबारे तिखो टिप्पणी

भुसालले वाम आन्दोलन नेताहरूको सत्तास्वार्थ र स्वेच्छाचारितामा फसेको दाबी गर्दै हालको राजनीतिक संकट गम्भीर रहेको उल्लेख गरेका छन्। जेन–जी आन्दोलनले दिएको चेतावनी नबुझेका नेताहरूले बालुवामा टाउको गाडेजस्तै व्यवहार गरिरहेको उनले बताएका छन् ।

ओलीको आलोचना

उनले एमाले अध्यक्ष ओलीले पार्टीलाई ‘भयानक दुर्घटनातिर’ लैजाँदै गरेको आरोप लगाएका छन् । आत्मप्रशंसा, असहिष्णुता र पपुलिज्मले ओलीले राजनीतिक संस्कृतिलाई गम्भीर रूपमा हानी पुर्‍याएको भुसालले बताएका छन् ।

आगामी ११ औँ महाधिवेशनपछि एमाले उठ्न नसक्ने अवस्थामा पुग्ने खतरा रहेको भुसालले उल्लेख गरेका छन् ।

प्रचण्डबारे यसो भने

प्रचण्डले विचारहीन नेताहरू सङ्कलन गरी ‘कचिङ्गलको कचहरी’ बनाएका भन्ने कटाक्षयुक्त टिप्पणी भुसालले सामाजिक सञ्जाल फेसबुकमा गरेका छन् ।

समाजवाद, वाम कार्यभार र राष्ट्रिय हित जस्ता मूल विषयमा कुनै पनि छलफल हुन नदिने प्रवृत्ति प्रचण्डको रहेको आरोप उनले लगाएका छन्।

नयाँ प्रस्ताव : वाम पुनर्निर्माण र बृहत् एकता

भुसालले परम्परागत वाम नेतृत्वको असफलताले मुलुक अप्ठ्यारो मोडमा पुगेको बताएका छन्। तर यही समय नयाँ वैकल्पिक वाम राजनीतिको लागि मैदान खुला रहेको तर्क उनले गरेका छन् ।

‘नयाँ, रुपान्तरणकारी एजेन्डासहित लोकतान्त्रिक वाम पार्टी निर्माण आवश्यक छ’, उनले भनेका छन्, ‘वैज्ञानिक समाजवादका आधारमा बृहत् वाम एकताको मार्ग खुल्न सक्छ।’

उनले क्रान्तिकारी पार्टी राजनीतिक नै हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्नेमा पनि जोड दिएका छन् । विचारमा चुनौती नभए पनि संगठन निर्माण अझै मुख्य कार्यभार रहेको उनले उल्लेख गरेका छन् ।

उनले आफ्ना समर्थक, कार्यकर्ता र आम नागरिकलाई छलफलमा जोडिन आह्वान गर्दै जारी सन्देशमा वाम आन्दोलनको नयाँ वैचारिक अभियान अगाडि सार्ने संकेत दिएका छन्।

भुसालको यो पहलकदमीले आगामी निर्वाचनअघि वाम राजनीति फेरि एकपटक नयाँ मोडतिर जाने प्रारम्भिक संकेत दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी आएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : १५ बजे

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन