आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर १८ तारिख । पौष कृष्ण पक्षको चतुदर्शी तिथि । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या थप बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ । व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । ज्ञानको दायरा फराकिलो बन्नेछ । भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ । व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग घुमघाम गर्ने दिन छ । तीर्थको लागि समय तय हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ ।

तुला : शिक्षामा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ । आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : सोचेको काम बन्नेछ । साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप रहला ।

धनु : शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्ने योग छ । कार्यशैलीमा भने परिवर्तन आवश्यक छ । कृषि क्षेत्रमा घाटा हुनेछ । पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ । संकटमा साथीको भने साथ मिल्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन् । स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ ।

कुम्भ : हरेक कुरामा झन्झट आइपर्नेछ । सानो विषयले धेरै दु:ख दिने देखिन्छ । शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन् । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ ।

मीन : दिन सहज छ । दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यापारको लगानी सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ । राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ११ बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट