‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’ « Khabarhub

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुनरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वासलगायत महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक कदम भएको धारणा राखे।

‘यो छलफल तथा विमर्श बहसले मुलकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहितको सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको विश्लेषण गर्दै ठोस् निष्कर्षमा पुग्ने विश्वास लिएको छु, युवापुप्ता जेनजीको आन्दोलन पश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा छलफल हुने विश्वास छ । मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमाकाँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उपराष्ट्रपति यादवले भने।

उनले पारदर्शिता, सुशासन भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्र रोजगारी सृजनाको मागसहित जेन-जी आन्दोलन भएको उल्लेख गर्दै उक्त आन्दोलनपछि आगामी कार्यदिशाका बारेमा छलफल गर्न गोरखापत्रले आयोजना गरेको यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको भन्दै गोरखापत्रको योगदान राष्ट्रिय एकतामासमेत विशेष रहेको उल्लेख गरे। बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुपर्नेमा उनले जोड दिए। उनले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरे। 

उपराष्ट्रपतिले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको धारणा राखे। उनले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पुर्‍याउनुपर्नेमा जोड दिँदै भने, ‘निजी क्षेत्र आर्थिक क्षेत्र सबल बनाउने माध्यम हुन् । यसलाई पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्‍याउने गरी सहयोग गर्नुपर्छ ।’

नेपालको आर्थिक पुनरुत्थान, लगानी गर्ने वातावरण र भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ ललितपुरमा जारी छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : १६ बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य