नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क « Khabarhub

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो । 

अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा  निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिए ।

‘यो उपकरण सम्भवतः नेपालमा पहिलोपटक भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको हो’, डा. सुवेदीले भने। 

उनका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिए । 

भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिए ।

डा पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भने, ‘बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न-गराउन सकिन्छ ।’

डा. पाण्डेले थारू समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिए । 

बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए-नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिए । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ३८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित