अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । 

काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रूपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौँं महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन दुई सय ६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन् । 

तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जना तथा रूपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ । 
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ४२ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर