सामुदायिक रेडियोलाई टिकाइराख्न समस्या भयो : अकोराब « Khabarhub

सामुदायिक रेडियोलाई टिकाइराख्न समस्या भयो : अकोराब


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– सूचना र जानकारी समुदायमा पुर्‍याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न  चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।  
 
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये पछिल्ला दिनमा ६० देखि ६५ रेडियोले प्रसारण  बन्द गरिसकेका छन् । परम्पारगत  शैलीमा सञ्चालन हुँदा रेडियोहरु समस्यामा परेका हुन । 

यसैबीच रेडियोलाई कसरी समुदायमा टिकाराख्ने भन्ने विषयमा केन्द्रित गर्ने भन्ने विषयमा छलफल गर्ने ध्येयले भोलिदेखि सौराहामा तीनदिने सम्मेलन आयोजना हुने भएको छ ।

 पछिल्ला वर्ष रेडियो सुन्ने स्रोता कम हुँदै जाँदा रेडियोलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल गरिने सङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।  

आज यहाँ आयोजित कार्यक्रममा उनले भने  ‘सम्मेलनमा रेडियो सुन्ने मात्रै नभएर हेर्ने पनि बनाउन सक्नुपर्ने विषयमा छलफल हुन्छ ।  सामुदायिक रेडियोको तीन दशकको यात्रामा पुरानै शैलीमा सञ्चालन हुँदा रेडियो समस्यामा परेका हुन । सभामा प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध र भविष्यका बाटा, डिजिटल प्रविधिमा नयाँ पुस्ताको सहभागिता, डिजिटल प्लेटफर्ममा सामुदायीक रेडियोको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।’

सम्मेलनमा चितवनका स्थानीय तहहरूको अपनाएका अभ्यास, पर्यटन प्रवर्द्धनमा सामुदायिक वन र प्रदेश सरकारको भूमिका विषयमा पनि छलफल गरिने छ । साथै रेडियो कार्यक्रमलाई समुदायसँग जोडेर ‘डिजिटल’ प्रविधिबाट कार्यक्रम ल्याउने विषयमासमेत छलफल हुने छ । 

 उनले भने, ‘सामुदायिक तथा निजी रेडियो संकटका अवस्थामा पुगेका छन् । यसलाई जोगाइराख्न आवश्यक छ ।  समुदायसँग मिलेर अघि बढ्न आवश्यक छ ।’ समुदायमा गएर समुदायसँग केन्द्रित हुँदै रेडियोका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

वरिष्ठ उपाध्यक्ष देवकोटाले भने ‘अहिले रेडियो बचाउन कसरी सकिन्छ रु भनेर हामी लागि परेका छौँ ।’

सम्मेलनमा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन अमाकका एशिया प्यासिफिक रिजनका अध्यक्ष राम भाट, निर्देशक सुमन बस्नेत, दक्षिण एशिया ब्लकका उपाध्यक्ष सुवास खतिवडासहित तीन सय सामुदायिक रेडियो सञ्चालनकहरु सहभागी हुने अनुमान गरिएको छ । सम्मेलनले चितवन घोषणापत्र जारी गर्ने छ । 
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : ४८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित