प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक « Khabarhub

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक गरिएको छ। यो गीतले दर्शकलाई फिल्मको रोमान्टिक पक्षसँग नजिकबाट परिचित गराएको छ।।

टी–सिरिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रभास र अभिनेत्री निधि अग्रवालबीचको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। आकर्षक लोकेसन र सौम्य प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतमा चर्चित संगीतकार थमन एसको संगीत रहेको छ भने शब्द कृष्णा कान्थले लेखेका हुन्। ‘सहाना सहाना’मा विशाल मिश्रा, थमन एस र श्रुति रञ्जनीको स्वर समावेश छ। यो गीत विभिन्न भाषामा सार्वजनिक गरिएको छ।

मारूतीद्वारा लिखित तथा निर्देशित ‘द राजा साब’ तेलुगु भाषाको रोमान्टिक–हरर कमेडी फिल्म हो। फिल्ममा प्रभास र निधि अग्रवालसँगै सञ्जय दत्त, बोमन इरानी, मालविका मोहनन, रिद्धि कुमार र जरिना वहाबलगायत कलाकारको अभिनय रहेको छ।

निर्माण पक्षका अनुसार ‘द राजा साब’ आगामी ९ जनवरी २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : २८ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०