पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिने घटना बढ्यो « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिने घटना बढ्यो


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिएका घटना बढ्दै गएको छ । बलोचिस्तानको जेहरी क्षेत्रमा फर्जाना जेहरी नाम गरेकी महिलालाई पाकिस्तानी सुरक्षाकर्मीले बेपत्ता पारेको घटना सार्वजनिक भएको छ ।

बलोच समुदायका व्यक्तिहरुलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने घटना बढिरहेकोमा बलोच नेशनल मुभमेन्ट बीएनएमले चिन्ता व्यक्त गरेको छ । बीएनएमको मानव अधिकारसम्बन्धी निकाय पाङ्कले अस्पतालबाट घर फर्किने क्रममा गत १ डिसेम्बरमा फर्जानालाई सुरक्षाकर्मीले जबरजस्ती लिएर गएको जनाएको छ ।

उनको अवस्था अज्ञात रहेको जनाइएको छ भने उनलाई नियन्त्रणमा लिइनुको वैधानिक आधार पनि नदेखिएको पाङ्कले उल्लेख गरेको छ । उक्त संस्थाले यस घटनालाई आधारभूत मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनको संज्ञा दिएको छ ।

यस घटनाको सम्पूर्ण जिम्मेवारी पाकिस्तानी सुरक्षा निकायले लिनुपर्ने पाङ्कले जनाएको छ । समाचारमा जनाइएअनुसार असुरक्षाका कारण उनको परिवार जेहरीबाट विस्थापित भइ खुज्दार पुगेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ०७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई