पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिने घटना बढ्यो « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिने घटना बढ्यो


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पारिएका घटना बढ्दै गएको छ । बलोचिस्तानको जेहरी क्षेत्रमा फर्जाना जेहरी नाम गरेकी महिलालाई पाकिस्तानी सुरक्षाकर्मीले बेपत्ता पारेको घटना सार्वजनिक भएको छ ।

बलोच समुदायका व्यक्तिहरुलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने घटना बढिरहेकोमा बलोच नेशनल मुभमेन्ट बीएनएमले चिन्ता व्यक्त गरेको छ । बीएनएमको मानव अधिकारसम्बन्धी निकाय पाङ्कले अस्पतालबाट घर फर्किने क्रममा गत १ डिसेम्बरमा फर्जानालाई सुरक्षाकर्मीले जबरजस्ती लिएर गएको जनाएको छ ।

उनको अवस्था अज्ञात रहेको जनाइएको छ भने उनलाई नियन्त्रणमा लिइनुको वैधानिक आधार पनि नदेखिएको पाङ्कले उल्लेख गरेको छ । उक्त संस्थाले यस घटनालाई आधारभूत मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनको संज्ञा दिएको छ ।

यस घटनाको सम्पूर्ण जिम्मेवारी पाकिस्तानी सुरक्षा निकायले लिनुपर्ने पाङ्कले जनाएको छ । समाचारमा जनाइएअनुसार असुरक्षाका कारण उनको परिवार जेहरीबाट विस्थापित भइ खुज्दार पुगेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ०७ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर