बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै « Khabarhub

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ। ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ। 

१० लाख रुपैयाँकाे लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन्। उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिइन्। उनले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताइन्। पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ।

मेला, महोत्सव तथा औपचारिक समारोहमा ढाकाटोपी र सल मायाको चिनोका रूपमा दिने चलन बढेको छ। ढाकाका कपडा उत्पादन गर्न श्रम र खर्च धेरै लाग्ने भएकाले बजारमा आएका तयारी कपडासँग प्रतिस्पर्धा गर्न मुश्किल भएको छ।

‘मायाको चिनोका रूपमा ढाकाटोपी, सल र खादाका अहिले उच्च माग छ, सारी र ब्यागको माग कम छ, एउटै सारी बनाउन १८ दिन लाग्छ, कटन र रेसमको धागो महङ्गो छ,’ केसीले भनिन्, ‘अहिले उत्पादनको आधा रकममा छ जनाले दैनिक ढाकाको कपडा उत्पादन गर्दै आउनुभएको छ, हातले बुनेको कपडा स्तरीय हुन्छ, कोसेलीका रूपमा विदेश पाठाउने चलन छ, तर निकै कमले मात्र ढाकाको महत्व बुझेका छन्।’

बडिगाड गाउँपालिकाले ढाका उद्योग सञ्चालन रहेको कार्यालयको भाडा छुट गरेको छ भने यहाँ उत्पादन भएका सामग्री बडिगाड, जैमिनी नगरपालिका र उद्योग वाणिज्य सङ्घको कोसेली घरले नियमित खरिद गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारले दुई लाख अनुदान सहयोग गरेको छ। स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिएमा ढाका उद्योग फस्टाउने महिला उद्यमी निर्मला थापाको भनाइ छ। ढाका उद्योगमा थापासहित यमुना काउचा, बेली थापा, तिर्सना भुजेललगायत ६ जनाले दैनिक ढाकाको कपडाबाट टोपी, सल, साडी, खादा, झोलालगायत सामग्री उत्पादन गर्दै आएका छन्।

एउटा ढाकाको टोपीलाई सात सय, सारीलाई १२ हजार तथा सललाई सात सयसम्म पर्छ। बडिगाड गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन पालिकाले नै ढाकाको कपडा खरिद गर्ने, ढाका उद्योगको भाडा मिनाह गर्नेलगायतका काम गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। बागलुङ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको कोसेली घरमा समेत बडिगाडमा उत्पादन भएका ढाका कपडाका सामग्री बिक्रीका लागि राखिएका बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : १२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व