मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर  « Khabarhub

मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर 


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

मोरोक्को– सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन् । मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख आवारा कुकुरहरूलाई मार्ने विचार गरिरहेको जनाइएको छ ।

यो सफाइ प्रयासले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ। मोरक्कोमा हरेक वर्ष ३ लाख सडक कुकुर मारिने गरेको रिपोर्टले देखाउँदै आएको छ । 

मोरक्कोले २०३० फिफा विश्वकप आयोजना गर्दै छ । मोरक्कोलाई सह आयोजक घोषणा गरे पछि सडक कुकुर मार्ने यो प्रक्रियाले थप गति पाएको जनाइएको छ ।

हरेक चार वर्षमा विश्वकपले संसारलाई बाँध्छ । विश्वको हरेक कुनाबाट अरबौँ प्रशंसकहरूलाई आकर्षित गर्दछ तर मोरक्कोमा क्रूर सडक सफाइ अभियानमा ३ लाख कुकुरहरू मारिइ सकेका छन् । 

फिफा फुटबल प्रतियोगिता मात्रै होइन, यो विश्वभरका मानिसहरूलाई जोड्ने सांस्कृतिक कार्यक्रम पनि हो ।

यो खेल प्रशंसकहरूका लागि भावनात्मक यात्रा हो, जो यसलाई प्रत्यक्ष वा अन्य कुनै माध्यमबाट हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्। खेलसँग यति धेरै भावना र जोश जोडिएको कार्यक्रम निर्दोष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्न आयोजक राष्ट्रहरूमा ठूलो जिम्मेवारी हुनेछ । 

तर, मोरोक्कोले  ३० लाख कुकुर मारिने भए पछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् । -न्युजकारखानाबाट

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : ३८ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको