मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर  « Khabarhub

मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर 


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

मोरोक्को– सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन् । मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख आवारा कुकुरहरूलाई मार्ने विचार गरिरहेको जनाइएको छ ।

यो सफाइ प्रयासले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ। मोरक्कोमा हरेक वर्ष ३ लाख सडक कुकुर मारिने गरेको रिपोर्टले देखाउँदै आएको छ । 

मोरक्कोले २०३० फिफा विश्वकप आयोजना गर्दै छ । मोरक्कोलाई सह आयोजक घोषणा गरे पछि सडक कुकुर मार्ने यो प्रक्रियाले थप गति पाएको जनाइएको छ ।

हरेक चार वर्षमा विश्वकपले संसारलाई बाँध्छ । विश्वको हरेक कुनाबाट अरबौँ प्रशंसकहरूलाई आकर्षित गर्दछ तर मोरक्कोमा क्रूर सडक सफाइ अभियानमा ३ लाख कुकुरहरू मारिइ सकेका छन् । 

फिफा फुटबल प्रतियोगिता मात्रै होइन, यो विश्वभरका मानिसहरूलाई जोड्ने सांस्कृतिक कार्यक्रम पनि हो ।

यो खेल प्रशंसकहरूका लागि भावनात्मक यात्रा हो, जो यसलाई प्रत्यक्ष वा अन्य कुनै माध्यमबाट हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्। खेलसँग यति धेरै भावना र जोश जोडिएको कार्यक्रम निर्दोष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्न आयोजक राष्ट्रहरूमा ठूलो जिम्मेवारी हुनेछ । 

तर, मोरोक्कोले  ३० लाख कुकुर मारिने भए पछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् । -न्युजकारखानाबाट

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : ३८ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल