धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर  « Khabarhub

धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर 


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ ।  

प्राधिकरणले मापदण्ड विपरीत, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नअपनाई बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो । 

सोही क्रममा आइतबार काठमाडौं महानगर वडा नम्बर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ । अतिक्रमित संरचना अटाउने क्रममा केही व्यक्तिहरूले विरोधसमेत गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए ।

बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेश अस्पताल, विद्यालयलगायतका संरचना बनाउनका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने बताए  ।

प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मापदण्ड विपरीत संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ०६ बजे

प्रतिनिधिसभा बैठक जारी, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट

नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

काठमाडौं– पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार

काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न