नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा बुटवलमा हुने « Khabarhub

नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा बुटवलमा हुने


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा तथा स्थापना दिवस-२०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ ।  

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा हुने साधारणसभाको तयारी पुरा भएको जनाए । 

उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारिता सम्मान गरिने उनले बताए । 

उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भइरहेको जानकारी दिए । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए ।  

कार्यक्रममा एसोसिएशनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दूधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात् १७ दशमलव ९ प्रतिशत रहेको बताए । 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ४१ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल