थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर « Khabarhub

थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा बसेको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीबारे न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा थुनछेक बहस भएको थियो ।

आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । यससँगै जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा ढिलोगरी हाजिर भएका जोशीको मुद्दामा पनि अब पुर्पक्षमा पठाउने या तारेखमा राख्ने आदेश हुने छ ।

यसअघि उनीसँगै कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० धरौटी बुझाएर छुटेका छन् ।

रविविरुद्ध आइतबार जिल्ला अदातलमा रुपन्देहीमा अर्को मुद्दा दर्ता भएको छ । रुपन्देहीमा रवि र छवि दुवैलाई सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी बनाइएको छ । रविविरुद्ध ४ करोड भन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ५३ बजे

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब