बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु « Khabarhub

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेका छन् । बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १० : ५३ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको