सनसनीपूर्ण खेलमा मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा « Khabarhub

सनसनीपूर्ण खेलमा मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनसनी पूर्ण हाइ स्कोरिङ खेलमा मोनाकोलाई रोक्दै बेनफिका युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राचि घरेलु भूमिमा भएको दोस्रो लेगमा बेनफिकाले ३–३ गोलको बराबरी गरेको हो। पहिलो लेगमा १-० ले विजयी बेनफिका ४–३ को सफलता पाउन सफल भएको हो।

खेलको २२ औँ मिनेटमा केरिम अटरकोग्लुको गोलमा बेनफिकाले पहिलो अग्रता लिएको थियो। ३२ औँ मिनेटमा टाकिनो मिनामिनाले गोल गरेपछि मोनाको खेलमा फर्किएको थियो।

खेलको ५१ औँ मिनेटमा मोरक्कोका बेन सेगिरले शानदार गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने ७६ औँ मिनेटमा भान्जेलिस पाब्लाडिसले गरेको गोलमा बेनफिका खेलमा अघि बढेको थियो।

खेलको ८१ औँ मिनेटमा जर्ज इलिखेनाले अर्को पटक मोनाकोलाई अग्रता दिलाउन सफल भए तर त्यसको तीन मिनेटपछि नै ओर्कुन कोकुले अल्भारो फर्नान्डेजको पिन प्वाइन्ट क्रसलाई गोलमा परिणत गरे।

मोनाकोसँग सनसनीपूर्ण खेल प्रदर्शन गरेको बेनिफिकाले दोस्रो चरणमा बार्सिलोना वा लिभरपुलमध्ये एउटा टिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : १३ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६