सनसनीपूर्ण खेलमा मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा « Khabarhub

सनसनीपूर्ण खेलमा मोनाकोलाई रोकेर बेनफिका प्रवेश गर्यो दोस्रो चरणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनसनी पूर्ण हाइ स्कोरिङ खेलमा मोनाकोलाई रोक्दै बेनफिका युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

मंगलबार राचि घरेलु भूमिमा भएको दोस्रो लेगमा बेनफिकाले ३–३ गोलको बराबरी गरेको हो। पहिलो लेगमा १-० ले विजयी बेनफिका ४–३ को सफलता पाउन सफल भएको हो।

खेलको २२ औँ मिनेटमा केरिम अटरकोग्लुको गोलमा बेनफिकाले पहिलो अग्रता लिएको थियो। ३२ औँ मिनेटमा टाकिनो मिनामिनाले गोल गरेपछि मोनाको खेलमा फर्किएको थियो।

खेलको ५१ औँ मिनेटमा मोरक्कोका बेन सेगिरले शानदार गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने ७६ औँ मिनेटमा भान्जेलिस पाब्लाडिसले गरेको गोलमा बेनफिका खेलमा अघि बढेको थियो।

खेलको ८१ औँ मिनेटमा जर्ज इलिखेनाले अर्को पटक मोनाकोलाई अग्रता दिलाउन सफल भए तर त्यसको तीन मिनेटपछि नै ओर्कुन कोकुले अल्भारो फर्नान्डेजको पिन प्वाइन्ट क्रसलाई गोलमा परिणत गरे।

मोनाकोसँग सनसनीपूर्ण खेल प्रदर्शन गरेको बेनिफिकाले दोस्रो चरणमा बार्सिलोना वा लिभरपुलमध्ये एउटा टिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : १३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ