तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक प्रहरी नियन्त्रणमा « Khabarhub

तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक प्रहरी नियन्त्रणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ।

खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो ।

ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

यसक्रममा चालक खडक नगरपालिका-८ का ४३ वर्षीय भगवत चौधरी प्रहरीको नियन्त्रणमा छन् । विङ्गरमा माउन्टेन डिउ, जिरालगायत खाद्य सामग्री रहेको खतिवडाले बताए।

बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : १४ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका