झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद « Khabarhub

झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।  

जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाएर राखेको २४ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ । उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए ।

चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : २१ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार