झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद « Khabarhub

झाडीमा लुकाएको ११ किलो ९५० ग्राम चरेस बरामद


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।  

जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाएर राखेको २४ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ । उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए ।

चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : २१ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि