हाँडीगाउँमा पनि अबदेखि एकतर्फी सवारी (तस्बिरहरू) « Khabarhub

हाँडीगाउँमा पनि अबदेखि एकतर्फी सवारी (तस्बिरहरू)


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाँडीगाउँका विभिन्न रुटमा काठमाडौं महानगरपालिकाले बुधबारदेखि एकतर्फी सवारीसाधन प्रणाली लागु गरेको छ । महानगरको बैठकले यसअघि नै बुधबारदेखि हाँडीगाउँमा एकतर्फी नियम लगाउने निर्णय गरेको थियो ।

सुरूका दिनमा चालकहरू रूटबारे अलमलिने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्टको काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने छ ।

विशालनगरतर्फबाट आउने सवारी साधनलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्रै प्रवेश गर्न दिइने छ ।

हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्गतर्फबाट जान मिल्ने बनाइएको छ ।

नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधन वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्रै जान पाउने गरी ठाउँ-ठाउँमा ‘वान वे’को बोर्ड राखिएको छ ।

ढुंगेधाराबाट हात्ती महांकालतर्फ पनि प्रवेश निषेध गरिएको छ । वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध बनाइएको छ ।

बालमन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्रै प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १० बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता