नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह « Khabarhub

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीको आग्रह


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू क्याम्पस फर्कन र पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् ।

नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै मुख्यमन्त्री माझीले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने आश्वासन दिएका हुन् । उनले प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गर्ने प्रतिबद्धता समत व्यक्त गरेका छन् ।

केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव श्री मनोज आहुजा सहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल भएको थियो ।

यसका साथै, नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी थिइन् ।

आइतबार अपरान्हन रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएपछि आन्दोलित नेपाली विद्यार्थीमाथि ज्यादती भएको थियो । उक्त प्रकरणमा कलेजका महानिर्देशकसहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ५९ बजे

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो