मुक्कुमलुङ पक्षधरले घेरे सिंहदरबार (तस्बिरहरू) « Khabarhub

मुक्कुमलुङ पक्षधरले घेरे सिंहदरबार (तस्बिरहरू)


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथिभरामा केबलकार बन्न नदिने पक्षमा रहेका आदिवासी जनजातिहरूको समूहले बुधबार सिंहदरबार घेराउ गरेका छन् ।

मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले बुधबार सिंहदरबार घेराउ कार्यक्रम गरेका हुन् ।

उनीहरूले व्यवसायी चन्द्र ढकाल नेतृत्वको समूहले पाथिभरामा बनाउन लागेको केबलकारविरुद्ध आन्दोलनका क्रममा विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

‘नो केबलकार’ अभियानका क्रममा सरकारलाई दबाब दिन प्रदर्शन भएको हो । यो प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता र अभियन्ताहरू पनि सहभागी थिए । विकासको नाममा भूमि बेच्न नपाइने बताउँदै उनीहरूले आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ४ : १४ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने