स्वास्थ्य बीमाको सुविधा थैली २ लाख बनाउन सांसद शर्माको प्रस्ताव  « Khabarhub

स्वास्थ्य बीमाको सुविधा थैली २ लाख बनाउन सांसद शर्माको प्रस्ताव 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले स्वास्थ्य बीमाको सुविधा थैलीलाई तत्काल २ लाख बनाउन प्रस्ताव गरेका छन् । 

बुधबार संसद्‌मा धारणा राख्दै सांसद शर्माले स्वास्थ्य स्वास्थ्य बीमा बापतको सेवालाई तत्कालै २ लाख तथा विस्तारै ५ लाख रुपैयाँ बनाउनका लागि प्रस्ताव गरेका हुन् । 

आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगरिने कुरा संविधानमा नै उल्लेख गरिएपनि सरकारले बीमा बापत भुक्तानी दिन सक्दिनँ भन्नु लाचारीपन भएको उनको धारणा थियो । 

हुम्लाबाट काठमाडौं उपचारका लागि २ लाख बढी खर्च हुन्छ, उनले भने, सरकार व्यापारी होइन भने सम्भव भएसम्म स्थानीय स्तरमा नै स्वास्थ्य सेवा दिन सक्नुपर्छ। संसद्‌मा उनले थप भने, स्वास्थ्य बीमालाई निमोठेर फाल्ने प्रपञ्‍च रचिदैँछ। यो स्वास्थ्यमन्त्रीसँग मात्रै सम्बन्धित होइन, अर्थले बजेट नदिए स्वास्थ्यले केही गर्न सक्ने अवस्था छैन। 

न्यून आय भएकाहरूका लागि  ३५ सय स्वास्थ्य बीमा  प्रिमियम रकम पनि ठूलो भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ४७ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं