संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिवद्ध « Khabarhub

संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिवद्ध


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्कँदै जाँदा नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले मुख खोलेको छ । नेपाली सेनाले वर्तमान संविधानप्रति प्रतिवद्धतासमेत जनाएको छ ।

‘नेपाली सेनाको अनुरोध’ शीर्षकमा नेपाली सेनाका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

राजनीतिक विवादमा सेनालाई मुछ्न खोजिएको गुनासो गर्दै सेनाले भनेको छ, ‘विगत केही दिनयता विभिन्न
सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र
विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार
सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै
आएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ, नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५४ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको