प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको छैटौँ जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको छैटौँ जित


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हासिल गरेको छ । 

बुधबार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले लगातार छैटौँ जित निकालेको हो । 

जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव २ ओभरमा ९२ रनमा अल आउट भएको थियो । 

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिएका थिए ।

त्यस्तै बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ५ विकेटको जित निकालेको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले सर्वाधिक ४३ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४ दशमलव १ ओभरमा १ सय १६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब, मधेश प्रदेशसंग ३ विकेटले पराजित भयो । आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ३१ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका