प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको छैटौँ जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको छैटौँ जित


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हासिल गरेको छ । 

बुधबार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले लगातार छैटौँ जित निकालेको हो । 

जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव २ ओभरमा ९२ रनमा अल आउट भएको थियो । 

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिएका थिए ।

त्यस्तै बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ५ विकेटको जित निकालेको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले सर्वाधिक ४३ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४ दशमलव १ ओभरमा १ सय १६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब, मधेश प्रदेशसंग ३ विकेटले पराजित भयो । आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै