तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो | Khabarhub Khabarhub

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान दिएका छन् ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा समातिएका धेरैले अर्काको बहकाउमा आन्दोलनमा आएको बयान दिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै बोहोराले जानकारी दिएअनुसार अधिकांशको फोटो र भिडिओ नै प्रमाण छन् । जसको कारण उनीहरू आफूले केही गरेको होइन भन्नसक्ने स्थिति छैन । केहीले अपराध स्वीकार गरेपनि ‘राजतन्त्रको वकालत गर्नु आफ्नो धर्म’ मानेका छन् ।

कतिपयले उक्त हिंसा ‘सरकार विरुद्धको विद्रोह हो’ भनेर बयान दिएका छन् भने कतिपयले ‘लहैलहैमा लागेर गएको हुँ’ भनेका छन् ।

चैत १५ गते काठमाडौंकोे तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न ८२ जनालाई मुद्दा चलाउने गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ ।

राज्यविरूद्धको कसुर, सङ्गठित अपराध र आपराधिक उपद्रव कसुरमा ती प्रतिवादीहरूमाथि प्रहरीले अनुसन्धान थालेको हो ।
कतिपय व्यक्तिहरूको अझै खोजी भइरहेको बोहोराले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणा र आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पनि प्रहरी हिरासतमा छन् ।

मिश्र र राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत १५ गते राति नै पक्राउ गरेको थियो ।

त्यसैगरी, प्रहरीको विशेष ब्युरोले चैत २८ गते राति प्रसाईंलाई भारतको असमस्थित बक्सा जिल्लाबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

राज्यविरूद्धको कसुरमा २२ जना

राज्यविरुद्धको कसुरमा २२ जना छन् । जसमध्ये दुर्गा प्रसाईं, रविन्द्र मिश्र, धवल शमशेर राणा, गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, मनिन्द्रराज भण्डारी छन् ।
त्यसैगरी कुमार बस्नेत, अनिलकुमार थापा, तारा बोहोरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजङ्ग बस्नेत, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापा मगर, दीपक खड्का रहेका छन् ।

त्यस्तै आफूलाई ज्योतिषि भनेर चिनाउने पुष्कर खतिवडासहित २२ जना छन् ।
खतिवडाले २०८१ सालभित्रै देशमा राजतन्त्र आउने भनेर भविष्यवाणी गरेका थिए ।

आपराधिक उपद्रवसम्बन्धी कसुरमा : ६० जना

आपराधिक उपद्रवसम्बन्धी कसुरमा ६० जना पक्राउ परेका छन् ।

जसमध्ये विकास ओली, सुदर्शन थापा, ईरफान खान, गणेशबहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, कृष्णकुमार बस्नेत, जीवन पुरी, गणेश प्याकुरेल, शरुन थापा, श्रवण लामा, निराजन गिरी, प्रेमबहादुर श्रेष्ठ, डा.राजकुमार राई, भगवती रोक्का, मनिसकुमार शाही, स्टन लामा, सुशीला कुमाल, निर्मला कार्की, एलिसा राई, भविन्द्र बिसी, आशिक तामाङ, लीला राणा, लोकबहादुर बस्नेत, सरिता केसी रहेका छन् ।

त्यसैगरी, सीतादेवी राई, रविरञ्जनकुमार सिंह, आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, गोविन्द राय, दिनेश खड्का, समीर मगर, सुरेश गौतम, सुशील बराल, रमेश राई, गोकर्ण शाही, मुकुन्द दाहाल, केशव बस्नेत, अमित शाह, सुमन कार्की, हेमराज थारू, दिवस बोगटी क्षेत्री, अनिता कुँवर, कुमार तामाङ, दिलकुमार श्रेष्ठ, जितबहादुर श्रेष्ठ, डण्डापानी रेग्मी, कमलकुमार विष्ट, शिशिर जिसी, मनोजकुमार सापकोटा र रञ्जित बस्नेत छन् ।

हाजिरी जमानीमा : ८ जना

पक्राउ परेका मध्ये ८ जनालाई हाजिरी जमानीमा छोडिएको छ ।

देवबहादुर थापामगर, राज ठाकुर, प्रसिद्ध मल्ल, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, सस्मिता बराल र वरुण यादव हाजिरी जमानीमा छाडिएका हुन् ।

त्यसैगरी अनुसन्धानका लागि हाल हिरासतमा ७४ जना रहेका छन् ।

तीनकुने घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टअनुसार महर्जनको शरीरमा गोली लागेको पुष्टि भएको छ भने रजकको शरीरमा गोली नभेटिएको चिकित्सकले बताएका छन् । रजकको अगलागीबाट मृत्यु भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ४५ बजे

युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा

काठमाडौं – विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं– हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय

चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ?

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले