आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित « Khabarhub

आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ। वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो। आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।

पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे। उनले समान तीनतीन चौका र छक्का प्रहार गरे। मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे। आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन्। आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो। सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे। उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो। कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे। अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चावलले चीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए। आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए। दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए। पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए। यो जिचपद्धि तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ। १० अङ्क नै भएको दिल्ली क्यापिटल शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ०७ बजे

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त