शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने « Khabarhub

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख गर्दै समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्रीसँगको भेटमा शिक्षकका मागका विषयमा दृढता र शिष्टतापूर्वक आफ्ना कुरा राखे पनि परिस्थिति सकारात्मक बन्न नसकेको जनाएका छन् ।

सुवेदीले आफूहरू एकदुई सानातिना मागहरूको लेनदेन गरी फर्किने आन्दोलनमा नआएको स्पष्ट पार्दै विगतका सहमती सम्बोधन हुने ऐन नै मूल्य लक्ष्य रहेको बताएका छन् ।

उनले आजको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँगको भेटमा भएका सबै कुरा सार्वजनिक गर्ने उल्लेख गर्दै मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहने सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

उनले हिजोका दिनमा शिक्षकले जे पाएका हुन् सबै आन्दोलनकै बलमा पाएको उल्लेख गर्दै अब पनि आन्दोलनको विकल्प नदेखिएको जनाएको छन् ।

अध्यक्ष सुवेदीले शुक्रबार राति ९ बजेपछि प्रधानमन्त्री ओलीसँग दुई घण्टा चलेको भेटवार्तामा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा महासंघको तर्फबाट धारणा राखिएको बताएका छन् । 

उक्त भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उनको भनाइ छ । 

यस्तै शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री र सभामुखसँगको भेटमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ८ : ०१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६