एमालेको जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिक सम्मानित « Khabarhub

एमालेको जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिक सम्मानित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमाले सुनसरीले आयोजना गरेको पार्टीको वडा केन्द्रित जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

अभियानअन्तर्गत शुक्रबार १०५ वर्षीय कृष्णमायादेवी कोइरालालगायत ८० वर्षमाथिका इनरुवा–५ का ६८ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको जरा अभियानका प्रमुख अभियन्ता एमाले कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले जानकारी दिए ।

अभियानअन्तर्गत स्थानीय ९२ वर्षीय ज्येष्ठ नागरिक भवानीप्रसाद पोखरेललगायतले पार्टी सदस्यता नवीकरण गरेका थिए ।

‘सरकारले युवालक्षित कार्यक्रममा ध्यान देओस्’

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले सरकारले युवालक्षित बजेट निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

वैदेशिक पलायन कम गर्न देशभित्रै युवालाई रोजगारीको सिर्जना गरिनुपर्ने आचार्यले बताए ।

आचार्यले ४ लेनको इनरुवा–दुहबी सडक खण्डलाई प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको बताए । उनले आफू मुख्यमन्त्री भएका बेला डिजाइन स्टिमेट गरेकाले ठेक्का लगाउन प्रदेश सरकारलाई निरन्तर ‘फलोअप’ गरिरहेको बताए ।

‘लोकतान्त्रिक व्यवस्था मजबुत बनाउने अभियान’

एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज जगदीश कुशियतले देशको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन पार्टी जनताको बीचमा निरन्तर लागि रहेको बताएका छन् ।

अभियानका क्रममा विकास निर्माण र जनसरोकारका विषयमा बृहत् छलफल र समाधानको प्रयत्न भएको कुशियतले बताए । उनले स्थानीय तहमा पार्टीको सबलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न अभियान सफल भएको बताए ।

एमालेको वडा केन्द्रित जरा अभियान गत फागुन २४ देखि अभिमुखीकरण र सदस्यता नवीकरण गरी सुरु गरिएको थियोे ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ११ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा