१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा « Khabarhub

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा–५ पास गरी कक्षा–६ मा प्रवेश गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी युवराज खतिवडाका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

‘बलात्कार भएको पुष्टि भएको छैन, मिसबिहेब भन्ने आएको छ, अनुसन्धान गरी पीडकलाई कानूनअनुसार कारबाही हुन्छ ।’ डिएसपी खतिवडाले भने ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : २७ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार