कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार « Khabarhub

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् ।

प्रहरीले पटक-पटक छलफलका लागि बोलाउँदा समेत उनी नआएपछि उनकी श्रीमती केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय समेत पुगेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमानले आफूमाथि पटक-पटक कुटपिट गरि घरेलु हिंसा गर्ने गरेकाले पक्राउ गरेर कारवाही गर्न माग गरेकी छन् ।

श्रीमानले आफूलाई बारम्बार कुटपिट गर्ने तथा शारीरिक यातना दिने गरेको बताउँदै उनले सहन नसकेर प्रहरीमा आएको बताएकी छन् । प्रहरीले उनलाई किटानी जाहेरी ल्याएर आउन सुझाव दिएको जनाएको छ । 

श्रीमती जिल्ला प्रहरी कार्यालय पुगेको थाहा पाएपछि उनका श्रीमान भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ०० बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार