कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार « Khabarhub

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् ।

प्रहरीले पटक-पटक छलफलका लागि बोलाउँदा समेत उनी नआएपछि उनकी श्रीमती केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय समेत पुगेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमानले आफूमाथि पटक-पटक कुटपिट गरि घरेलु हिंसा गर्ने गरेकाले पक्राउ गरेर कारवाही गर्न माग गरेकी छन् ।

श्रीमानले आफूलाई बारम्बार कुटपिट गर्ने तथा शारीरिक यातना दिने गरेको बताउँदै उनले सहन नसकेर प्रहरीमा आएको बताएकी छन् । प्रहरीले उनलाई किटानी जाहेरी ल्याएर आउन सुझाव दिएको जनाएको छ । 

श्रीमती जिल्ला प्रहरी कार्यालय पुगेको थाहा पाएपछि उनका श्रीमान भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ०० बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय