प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का « Khabarhub

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका विष्ट छेत्रीलाई गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा पसल गर्दै आएकी २९ वर्षीय विष्टले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक आलम अन्सारीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीलाई बताएकी छन् ।

गोली प्रहार गर्ने व्यक्तिले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका कारण पनि प्रहरीले आलममाथि शङ्का गरेको छ । केही दिनअघि उक्त व्यक्तिसँग घाइँते विष्टको भनाभन भएको स्थानीयको भनाइ छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवलको बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी विष्टको ढाडमा गोली लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन पठाइएको बताइएको छ । ढाडमा लागेको गोली निकाल्न नसकिएपछि उनलाई चितवन पठाइएको स्थानीयले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ईन्द्रबहादुर रानाले घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरेको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : ५१ बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय