गाजामा इजरायली हमला : ९० जनाभन्दा बढीको मृत्यु « Khabarhub

गाजामा इजरायली हमला : ९० जनाभन्दा बढीको मृत्यु


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ । मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए ।

दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ ।

शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए । साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । त्यसपछि युद्ध सुरु भयो । अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मन्त्रालयले नागरिक र लडाकूहरू बीच भिन्नता देखाउँदैन । 

युद्धले गाजाको विशाल भाग र यसको अधिकांश खाद्य उत्पादन क्षमताहरू नष्ट गरेको छ । युद्धले करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको छ । लाखौँ मानिस टेन्ट शिविर र बम विस्फोट भएका भवनहरूमा बसिरहेका छन् ।

सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी गरेकोमा चेतावनी दिएका छन् । गाजामा इजरायलले छ हप्ताभन्दा बढीका लागि सबै खाना र अन्य सामानहरूको प्रवेश प्रतिबन्ध लगाएको छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ बालबालिका कुपोषित भएका छन् र मौज्दात घट्दै जाँदा अधिकांश मानिसले दिनमा एक पटक मात्र खाना खाइरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ३३ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’