वैदेशिक रोजगारका ठगले सरकारकै मिलेमतोमा लुट मच्चाए : प्रभु साह « Khabarhub

वैदेशिक रोजगारका ठगले सरकारकै मिलेमतोमा लुट मच्चाए : प्रभु साह


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका ठगहरूले सरकारकै मिलेमतोमा लुटको आतङ्क मच्चाएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् ।

वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले सरकारसँग जवाफ माग गरे ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार आयोजित कार्यक्रमलाई साहले म्यानपावरले प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन नपाउने कानूनी व्यवस्था हुँदाहुँदै लाखौँ असुली रहेको बताए ।

अध्यक्ष साहले प्रश्न गरे, ‘के यो कुरा दुई तिहाइ बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार भएको बताउँदै साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रश्न गरे, ‘वैदेशिक रोजगारमा ठगिएका युवाले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या,चाहना,आवश्यकता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुट धन्दामा लागेको टिप्पणी उनले गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ३७ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’